विप्लवको दावी : एमसीसी कार्यान्वयन गर्दा प्रचण्ड बाहेक अरु आए देश युक्रेन बन्छ


१४ भाद्र २०८०, बिहीबार
Biplaw 2 scaled

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले अमेरिकी सहयोग परियोजना (एमसीसी) कार्यान्वयनको चरणमा देशको नेतृत्व प्रचण्ड बाहेकले गरेको खण्डमा देश युक्रेन बन्ने दाबी गरेका छन् ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै उनले भने, ‘एमसीसीले जस्ता खालका प्रावधानहरू लाद्न खोजेको छ, कमरेड प्रचण्ड हुँदासम्म लड्नु हुन्छ हामीलाई त्यो विश्वास छ । तर अर्को खराब व्यक्ति कोही आउने बित्तिकै नेपाल युक्रेन बन्छ । हेरिराख्नुस्, यो षडयन्त्र हो ।’

सहयोग र अनुदान नेपालले पाउने कुरा स्वभाविक भए पनि हस्तक्षेप स्वीकार नहुने उनले बताएका छन् । ‘आजसम्म कसैको पनि कसैसामु नझुकेको नेपालमाथि षडयन्त्र गरिँदैछ । कुनै न कुनै रुपले क्रान्तिकारी शक्तिहरुको अभाव हुने बित्तिकै नेपालमा सामन्तवाद, दलाल पुँजीवादहरुले क्रान्तिको विरुद्धमा लाग्ने तयारी भएको छ । त्यसको विरुद्धमा पनि हामी लाग्छौं,’ विप्लवले भने ।

नेपालमा कुनै समय सामन्तवादको चकचकी सहिन नसक्नु भएको भन्दै अहिले तिनीहरूलाई धुलो चटाएको दाबी गरे । ‘सामन्तवादको चकचकी नेपालमा सहिनसक्नु थियो। हामीले त्यसलाई धुलो चटाएका छौं । उनीहरुको चकचकी, रजाईं, हैकम, अहकांर सहिनसक्नु थियो। जनयुद्ध, जनआन्दोलन, मधेश विद्रोह हुँदै सबै क्रान्तिद्वारा हामीले पछारेका छौं,’ विप्लवले भने । आजको परिस्थिति नयाँ ठाउँमा पुुगेको भन्दै नेपाल इतिहासकै गम्भीर र पेचिलो मोडमा पुगेको उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७