एमाले लुम्बिनी प्रदेश अधिवेशन उदघाटन गर्न अध्यक्ष ओली बुटवलमा

बुटवल । एमाले लुम्बिनी प्रदेश अधिवेशनका लागि पार्टी अध्यक्ष केपी ओली बुटवल आइपुगेका छन् । प्रदेश अधिवेशनको ओलीले उद्घाटन गर्नेछन् ।
एमालेको प्रदेश अधिवेशनको शुभारम्भ नै लुम्बिनीबाट हुँदैछ । प्रदेश अधिवेशनमा १२ जिल्लाका एक हजार चार प्रतिनिधि सहभागी हुँदैछन् । अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ ।