सप्तकोशीमा हामफालेका डा. कोइरालाको शव १० दिनपछि भेटियो


२० भाद्र २०८०, बुधबार
prajwal koirala WZFJiP7Kay

झापा । झापाको दमक–१ निवासी डाक्टर प्रज्वल कोइराला बेपत्ता भएको १० दिनपछि मृत भेटिएका छन् । सुनसरीको बराहक्षेत्र नगरपालिका–२ कोशीको भंगालो छुटेर टापु बनेको क्षेत्रमा उनको शव भेटिएको हो ।

माछा मार्ने स्थानीयले शव देखेर प्रहरीलाई खबर गरेका थिए । डाक्टर कोइरालाको फोटोसँग शब मिल्दो रहेको सुरक्षा वेश चतराका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक देवेन्द्र रोक्काले जानकारी दिए । रोक्काका अनुसार साढे ४ बजेतिर खबर आएपछि रोक्कासहितको टोलीले शवलाई धरानको बीपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमका लागि पठाइएको थियो ।

मृतक डाक्टरका बुबा दिवाकर कोइरालासहित वडाअध्यक्ष हरिप्रसाद न्यौपानेको टोली धरान पुगेर पहिचान गर्दा डाक्टरकै शव भएको अध्यक्ष न्यौपानेले जानकारी दिए । डाक्टर कोइराला १० भदौदेखि बेपत्ता भएका थिए । उनको गाडी, जुत्ता र मोबाइल कोशी व्यारेज छेऊमा ११ गते फेला परेको थियो । ३२ वर्षीय कोइराला मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीमा जनरल सर्जनको रूपमा कार्यरत थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७