माओवादीलाई जनताको पार्टीका रूपमा स्थापित गर्छौ : प्रधानमन्त्री


२३ भाद्र २०८०, शनिबार
prachanda gorkha 3 scaled

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा माओवादी केन्द्रलाई पुनः जनताको पार्टीको रुपमा स्थापित गर्ने बताएका छन् ।

prachanda gorkha 2

शहिद सुरेश वाग्लेको स्मृति कार्यक्रममा सहभागी हुन गोर्खा पुगेका प्रधानमन्त्रीले भच्चेकमा योङ्ग कम्युनिस्ट लीग (वाइसिएल) नेपाल अजिरकोट गाउँपालिका दोस्रो सम्मेलनमा बोल्दै पार्टी पुनर्निर्माणको अभियानमा रहेको र पुनः जनताको पार्टीका रूपमा स्थापित गर्ने दावी गरे ।

त्याग तपस्याबाट प्राप्त परिवर्तन र उपलब्धिलाई रक्षा गर्न रूपान्तरण अभियान सफल बनाउन जरुरी रहेको पनि प्रधानमन्त्री प्रचण्डले बताए । ‘जनताको पार्टीको रूपमा स्थापित गर्दै जनताको पार्टीको काम गर्ने एकमात्र पार्टीको माओवादी हो भन्ने रूपमा स्थापित गर्न सफल पनि हुन्छौं,’ उनले भने ।

प्रधानमन्त्री प्रचण्डले आफूले लिएको सरकारको नेतृत्वको अवसरलाई उहाँले चुनौतीपूर्ण अवसरको रुपमा लिएको पनि बताए । सरकारले सामाजिक सुरक्षा कोषको अभियान,पासपोर्ट र यातायातमा देखिएका लाइन हटाउने अभियान र भ्रष्टाचार विरोधी अभियान चलाएर नयाँ परिवर्तन सुरूवात गरेको उनको भनाइ छ । त्यस्तै भ्रष्टाचारविरोधी अभियानले जनतामा उत्साह जागेको भए पनि भष्ट्राचारमा रमाउनेहरू अत्तलिएको पनि प्रधानमन्त्री प्रचण्डले बताए ।

prachanda gorkha 1

सुशासन र समृद्धिलाई प्राथमिकता दिंएर सरकार अगाडि बढेको बताउँदै प्रधानमन्त्री बुढिगण्डकी जलविद्युत आयोजनाको काम सुरुवात गरिएको, कर्णाली चिसापानी जस्तो गेम चेन्जर आयोजना सुरूवात गरिएको दाबी गरे । आफू छिट्टै चीन भ्रमणमा जाने र नेपालको विकास र उत्तरी क्षेत्रका नाका खोल्ने लगायतका एजेण्डा रहेन उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७