सुन तस्करी प्रकरण : विध ल्याबका सञ्चालक भण्डारीसँग सीआईबीले लियो बयान


२४ भाद्र २०८०, आईतवार
bhimkanta bhandari1694329036

काठमाडौं । हङकङबाट ल्याइएको ६० किलो सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग बयान लिएको छ ।

सीआईबीले आइतबार बिहान विध ल्याबका सञ्चालक भण्डारीसँग बयान लिएको हो । भण्डारीको चिनियाँ सुन तस्करसँग सम्पर्क देखिएकाले बयान लिइएको सीआईबी स्रोतले जानकारी दिएको छ ।

सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङसँग भण्डारीको अस्वाभाविक मोबाइल सम्पर्क र सन्देश आदान प्रदान भेटिएपछि सीआईबीले आइतबार बोलाएर बयान लिएको हो । सीआईबीले शनिबार साँझ नै बोलाएको थियो । तर, भण्डारी आइतबार बिहान साढे ९ बजे मात्रै सीआईबीमा उपस्थित भएका हुन् ।

भण्डारीले भ्रष्टाचार अभियोगमा विशेष अदालतमा पनि मुद्दा खेपिरहेका छन् । सुन तस्करी प्रकरणमा जोडिएका दावासँग उनको सम्बन्ध देखिएपछि सीआईबीले पहिलेदेखि नै निगरानीमा राखेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७