चीन भ्रमणबारे पूर्व राजदूत, परराष्ट्र सचिव र विज्ञसँग प्रधानमन्त्रीको छलफल


२४ भाद्र २०८०, आईतवार
prachanda china tour xalfal 2 scaled

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो आसन्न चीन भ्रमणका विषयमा पूर्व राजदूत, पूर्व परराष्ट्र सचिव र परराष्ट्र विज्ञसँग छलफल गरेका छन् ।

prachanda china tour xalfal 1

आज (आइतबार) अपरान्ह प्रधानमन्त्री प्रचण्डले उनीहरूसँग चीन भ्रमणका विषयमा छलफल गरेका हुन् । यसअघि आइतबार बिहान नै प्रधानमन्त्रीले दलका प्रतिनिधिहरूसँग छलफल गरेका थिए ।

प्रधानमन्त्री प्रचण्ड आउँदो असोज ४ गते चीन भ्रमणमा जाँदैछन् । उनी न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर त्यतैबाट चीन प्रस्थान गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७