अमेरिका भ्रमण टोली सानो बनाउन प्रधानमन्त्रीको निर्देशन


२५ भाद्र २०८०, सोमबार
prachanda 9

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिका भ्रमणमा जाने टोलीको आकार सानो बनाउन निर्देशन दिएका छन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन पप्रधानमन्त्री प्रचण्ड भदौ २९ गते अमेरिका जाँदैछन् । भ्रमणको एजेन्डाबारे परामर्श लिन आइतबार बोलाइएको बैठकमा भ्रमण टोलीको आकार ठूलो भएको भन्दै प्रश्न उठेपछि यस्तो निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीले भ्रमण टोली सानो बनाउन मुख्य सचिवलाई निर्देशन दिएको हो । प्रधानमन्त्रीले त्यही छलफलमा टोली घटाउन प्रतिवद्धता जनाएसँगै मुख्य सचिवलाई निर्देशन दिएको बताइएको छ ।

यससँगै प्रधानमन्त्रीका सल्लाहकारहरु भ्रमणबाट रोकिएका छन् । यसअघि मुख्य राजनीतिक सल्लाहकार, राष्ट्रिय सुरक्षा सल्लाहकार, मुख्य सचिवसमेत गरी २४ जना भ्रमण टोलीमा थिए । परराष्ट्रमन्त्री एनपी साउद भने आइतबार नै अमेरिका हिँडिसकेका छन् । बाँकी टोलीका सदस्य कटाएर सानो बनाउने गृहकार्य भइरहेको प्रधानमन्त्रीको सचिवायल स्रोतले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७