नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने


२६ भाद्र २०८०, मंगलवार
subash death
तस्वीर : राजन काफ्लेको फेसबुकबाट

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । राति ह्दयघात भएपछि उपचारका क्रममा उनको निधन भएको हो । उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय च्यासलमा राखिने भएको छ ।

नेम्वाङका दुवै छोरा विदेशमा भएकाले आएपछि मात्रै अन्त्यष्टि गर्ने तयारी छ । अहिले बिहान ७ बजेदेखि पार्टी कार्यालयमा राखिने नेता प्रदिप ज्ञवालीले जानकारी गराएका छन् । प्रधानमन्त्री प्रचण्डसँगै एमाले अध्यक्ष केपी ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्वमन्त्री लालबाबु पण्डितलगायत धेरै एमाले नेताहरु अहिले शिक्षण अस्पतालमै छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७