विदेशबाट दुवै छोरा आइपुगेपछि मात्रै नेम्वाङको अन्तिम संस्कार गरिने


२६ भाद्र २०८०, मंगलवार
5 1694482104

काठमाडौं । हृदयाघातका कारण निधन भएका नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको भोलि (बुधबार) मात्रै अन्तिम संस्कार गरिने भएको छ । उनका दुवै छोरा विदेशमा रहेका र उनीहरू आएपछि मात्रै अन्तिम संस्कार हुने परिवारजनले बताएका छन् ।

दिवंगत नेम्वाङका भाइ सुरेश नेम्वाङका अनुसार जेठो छोरा मिङ्सो नेम्वाङ युकेबाट भोलि ४ बजे र कान्छो छोरा सुहाङ नेम्वाङ अष्ट्रेलियाबाट आज राति ११ बजे आइपुग्ने छन् ।

दुवै छोराहरू पुगेपछि अन्तिम संस्कार गरिने उनले जानकारी दिएका छन् । त्यसअघि नेम्वाङको शव श्रद्धाञ्जलीका लागि एमाले पार्टी कार्यालयमा राखिने छ । केहीबेरमा पार्टी कार्यालयमा शव राखिने तयारी भइरहेको छ । नेम्वाङलाई गए राति आफ्नै निजी निवास बालुवाटारमा हृदयाघातका कारण निधन भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७