नेम्वाङको निधनपछि चीनबाट आजै फर्किदै महासचिव पोखरेल नेतृत्वको टोली


२६ भाद्र २०८०, मंगलवार
140 Shares
2 4

काठमाडौँ । उपाध्यक्ष सुवास नेम्वाङको असामयिक निधन भएपछि चीन भ्रमणमा रहेको एमाले नेताहरूको टोली आजै (मंगलबार) स्वदेश फर्किने भएको छ ।

चीनमा भ्रमणमा रहेका एमाले महासचिव शङ्कर पोखरेललगायत सबै नेताहरू आफ्नो सम्पूर्ण पूर्व निर्धारित कार्यक्रम रद्द गरेर आज नै नेपाल फर्किने तयारीमा रहेको एमाले स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिएका छन् ।

सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका नेम्वाङलाई गए राति हृदयाघात भएपछि उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएकामा राति नै उनको निधन भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७