नेम्वाङको निधनपछि प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक


२६ भाद्र २०८०, मंगलवार
Cabinet 1 scaled

काठमाडौँ । पूर्व संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएपछि मन्त्रिपरिषदको आकस्मिक बैठक बस्ने भएको छ ।

उनलाई दिइने सम्मानका विषयमा निर्णय लिन मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । उनलाई कस्तो सम्मान दिने भन्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ परामर्शमा रहेका छन् ।

नेम्बाङलाई दिइने सम्मानको टुङ्गो लागेपछि मन्त्रिपरिषद् बैठक बोलाएर निर्णय लिइने नेपाल सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा नेता नेम्वाङको गए राति निधन भए लगतै प्रधानमन्त्री प्रचण्ड, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेता अस्पताल पुगेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७