संविधान निर्माणमा नेम्वाङको भूमिका सन्तुलित


२६ भाद्र २०८०, मंगलवार
subashnembang 20230912055220

काठमाडौँ । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संसदमा सन्तुलित भूमिका निर्वाह गरेकाले उनको यस भूमिकालाई आत्मसात् गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । अप्ठेरो राजनीतिक अवस्थामा पनि उनले राष्ट्रिय महत्व र एकतालाई ध्यानमा राखेर सहजरुपले नै समस्याहरुको सम्बोधन गरेको सङ्घीय संसद्का पूर्वमहासचिव मनोहरप्रसाद भट्टराई बताएका छन् ।

उनले भने, ‘सुवासजीले राष्ट्र र राष्ट्रियतासम्बन्धी विषयलाई उच्च महत्व दिँदै काम गर्नुहुन्थ्यो । उहाँको आचरण, व्यवहार र सन्तुलनकारी भूमिकाबाट सबैले सिक्न सक्नुपर्छ ।’ संविधान जारी गर्ने बेला अध्यक्ष नेम्वाङको भूमिकाको स्मरण गर्दै उनले त्यो बेलाको राजनीतिक अवस्थालाई नेता नेम्वाङले कुशलतापूर्वक सम्हालेको बताए ।

पूर्व महासचिव भट्टराईले भने, ‘सुवासजी त्यो भूमिकामा नभएका भए धेरै किसिमका समस्या उत्पन्न भई प्रक्रिया नै अवरुद्ध हुने परिस्थिति पनि आउन सक्थ्यो, त्यो सम्भावनालाई उहाँले बुद्धिमतापूर्वक अवतरण गराउनु भएको हो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७