मलद्वारमा लुकाएर ल्याएको झण्डै एक किलो सुनसहित विमानस्थलबाट तीन जना पक्राउ


२६ भाद्र २०८०, मंगलवार
sun chor t9ehSm0ELb

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले आज नौ सय ६० ग्राम सुनसहित तीन जनालाई पक्राउ गरेको छ ।
काठमाडौं प्रहरी परिसरले हिमालयन एयरलाइन्सबाट ९६० ग्राम सुन लिएर आएका बाबुलाल दोङलाई सुरुमा पक्राउ गरेको थियो । उनले उक्त सुन मलद्वारमा लुकाएर ल्याएका थिए ।

दोङले भन्सार छलि ल्याएको सुन लिन आएका अरु दुई जना पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेको रोशी गाउँपालिका ३ घट्टेखोलाका ३३ वर्षीय जगत लामा र काभ्रेकै महाभारत गाउँपालिका ३ सानो पोखरा घर भई हाल बनेपा बस्ने ३६ वर्षीय मिङमा दोर्जे स्यान्तान रहेको काठमाडौं परिसरका डीएसपी अनिल अधिकारीले जानकारी दिएका छन् ।

दुबईबाट सुन ल्याउने दोङ काभ्रेको खानीखोला गाउपालिका ३ का हुन् । हाल पनौती नगरपालिका ५ बस्दै आएका छन् । थप अनुसन्धानको क्रममा मंगलबार ढल्कु स्थित बिगमार्टको पार्किङबाट अरु दुई जनालाई नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७