सुन तस्करी प्रकरण : ५० जनाविरुद्ध मुद्दा चलाउन सीआइबीको राय, तीन अर्ब ५० करोड बिगो दावी

‘रेडी ट्रेड कम्पनीकै नाममा भित्रिएको थियो थप ३०२ किलो सुन’


२७ भाद्र २०८०, बुधबार
cib kiran

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले चिनियाँ समूहले ब्रेक शुबाट थप ३०२ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको छ । अरु सामानमा लुकाएर ल्याएको सुनबारे अनुसन्धान गर्न बाँकी रहेको पनि सीआइबीले जनाएको छ ।

सीआईबीकी प्रमुख एआईजी किरण बज्राचार्यले बुधबार पत्रकार सम्मेलन गर्दै पक्राउ परेका ९ विदेशीसहित ३२ जना तथा फरार रहेका १४ विदेशीसहित १८ जनाविरुद्ध मुद्दा चलाउन राय दिइएको जानकारी दिइन् । ६० किलो बढी सुन तस्करीबारे अनुसन्धान गरेको सीआईबीले आज सरकारी वकिलको कार्यालय, काठमाडौंमा प्रतिवेदन बुझाउँदैछ । त्यसअघि आयोजित पत्रकार सम्मेलनमा सीआईबी प्रमुख किरण बज्राचार्यले दिएको जानकारी अनुसार ५० जनालाई प्रतिवादी बनाएको छ ।

२ साउनमा बरामद भएको ब्रेक सुमा ६० किलो बढी सुन बरामद भएको थियो । गोदामहरुमा छापा मार्दा अरु पनि यसरी समान ल्याएको खुलेको थियो । त्यसमा अनुसन्धान गरेको सीआईबीले ब्रेक शुमा लुकाएर थप ३०२ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको छ । बज्राचार्यले भनिन्, ‘ब्रेक प्याडहरुलाई यकिन तौल गरेर ३०२.६२ किलो थप सुन ल्याएको देखिएको छ ।’

त्यसअनुसार सीआईबीले ३ अर्ब ५० करोड, २ लाख १६ हजार ५५२ रुपैयाँ विगो कायम गरेको छ । उक्त सुन चिनियाँ समूहले पाँचवटा कम्पनी खडा गरेर ल्याएको खुलेको बज्राचार्यले बताइन् । उनका अनुसार इलेक्ट्रिक वस्तुसहित अन्य वस्तुकाा कार्टुनमा पनि सुन ल्याएको खुलेको छ । यस प्रकरणमा जोडिएका पाँचजना विदेशी नागरिकले झुटा विवरण राखेर नागरिकता निकालेको पनि बज्राचार्यले बताइन् । उनका अनुसार नेपालमा सुन तस्करीमा ताइवानका नागरिक पनि जोडिएका छन् । धेरैजसो नेपाल, चीन र भारतका पनि नागरिक छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७