नेम्वाङका दुबै छोरा आइपुगे, पार्थिव शरीर पार्टी कार्यालयबाट घर लगियो


२७ भाद्र २०८०, बुधबार
subash
फाइल फोटो

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष, पूर्व सभामुख उपाध्यक्ष सुवास नेम्वाङको शव निजी निवास बालुवाटार लगिएको छ ।

पार्टी कार्यालय च्यासलबाट भर्खरै आफन्त, इष्टमित्र र परिवारका सदस्यबाट श्रद्धाञ्जली अर्पणका लागि नेम्वाङको पार्थिव शरीर निवास लगिएको हो । सोमबार राति हृदयतघातबाट निधन भएका नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि मंगलबार दिउँसो पार्टी कार्यालय पुर्याइएको थियो । जहाँ प्रधानमन्त्रीदेखि दलका शीर्ष नेता तथा कार्यकर्ता, शुभेच्छुकहरुले श्रद्धाञ्जली अर्पण गरेका थिए ।

नेम्वाङको अन्त्येष्टि बिहीबार बिहान ११ बजे पशुपति आर्यघाटमा गरिँदै छ । सरकारले राजकीय सम्मानका साथ अन्येष्टि गर्ने निर्णय गरेको छ भने बिहीबार सार्वजनिक बिदा पनि दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७