घर अगाडि श्रीमती मृत फेला, हत्या आरोपमा श्रीमान पक्राउ


३० भाद्र २०८०, शनिबार
pakrau
फाइल फोटो

रुपन्देही । रुपन्देहीको तिलोत्तमामा एक महिलाको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन् । तिलोत्तमा–१ शंकरनगर बस्दै आएकी ४३ वर्षीया यमकला पन्थीको हत्या आरोपमा ४५ वर्षीय मुमराज पन्थीलाई प्रहरीले नियन्त्रमा लिएको हो ।

गुल्मीको धुर्कोट गाउँपालिका–४ स्थायी घर भई हाल रुपन्देहीको तिलोत्तमामा बस्दै आएकी यमकला भदौ २७ गते बिहान घरअगाडि मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले बताए ।
तिलोत्तमास्थित एक घरको माथिल्लो तलामा डेरा गरी बस्ने यमकला जमिनमै मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनापछि आमाको हत्या भएको भन्दै छोराले बुवाविरुद्ध जाहेरी दर्ता गराएको थापाले जानकारी दिए ।

प्रहरीका अनुसार प्रारम्भिक रिपोर्टमा यमकलाको शवमा हत्यासम्बन्धी कुनै शंकास्पद वस्तु वा प्रमाण भेटिएको छैन । दैनिक ज्यालादारी गरेर बस्ने दम्पत्ति दुवै जना रक्सी पिउने र समय समयमा झैझगडा गरिरहने आफन्तहरूले बताएका छन् ।
‘घरको माथिल्लो तल्लामा बाहिरबाट बनाइएको लिस्नोबाट चढ्नुपर्ने भएकाले आफै लडेको जस्तो पनि देखिन्छ, शवको प्रकृति हेर्दा हत्याको त्यस्तो कुनै सबुत वा आधारहरू भेटिएका छैनन्, यद्यपि उनका छोराले हत्या भएको भन्दै जाहेरी दर्ता गराएका छन् । हामी अनुसन्धानमै छौँ’, प्रहरी नायब उपरीक्षक थापाले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७