तान्जानिया पठाइ दिन्छु भनी रकम ठगी व्यक्ति पक्राउ


२ आश्विन २०८०, मंगलवार
thagi

काठमाडौं । तान्जानिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेखको नारायण नगरपालिका–७ स्थाई घर भई हाल काठमाडौं–१५, स्वयम्भू बस्दै आएका ४२ वर्षीय गणेशबहादुर सिंह रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनले बुद्धिराम पुनमगरलाई वैदेशिक रोजगारीका लागि तान्जानिया पठाइदिन्छु भनेर पीडितबाट रकम लिएर फरार भएका थिए ।

ठगी गरेर फरार भएका उनलाई वैदेशिक रोजगार विभागले पक्राउ गरी उपस्थित गराइदिन कार्यालयलाई पत्राचार गरेको थियो । उनलाई आज काठमाडौंको सितापाइला चोकबाट पक्राउ गरी वैदेशिक रोजगार विभाग पठाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७