मंगोलियाविरुद्ध कुशलले बनाए विश्व कीर्तिमानी शतक


१० आश्विन २०८०, बुधबार
kushal aMglgtqmFt

काठमाडौँ । चीनमा जारी १९ औं एसियाली खेलकुदमा बायाँ हाते युवा ब्याटर कुशल मल्लले मंगोलियाविरुद्ध विश्व कीर्तिमानी शतक प्रहार गरेका छन् ।

कुशलले ३४ बलमा शतक प्रहार दुलर्भ विश्व कीर्तिमान बनाएका हुन् । टी–२० का खेलमा सर्वाधिक छिटो शतक क्रिस गेलको नाममा छ । गेलले २०१३ को आईपीएलमा बेंगलोरबाट पुणे वारियर्सविरुद्ध ३० बलमै शतक हानेका थिए । यसअघि टी २० आईमा सर्वाधिक छिटो शतक ३५ बलको थियो ।

भारतीय टोलीका कप्तान रोहित रोहित शर्मा, दक्षिण अफ्रिकाका डेविड मिलर र चेकरिपब्लिकनका सुदेश विक्रमशेखरले समान ३५ बलमा शतक पूरा गरेका थिए । यसअघि कुशलले १९ बलमा अर्धशतक पूरा गर्दै टी २० आई मा सर्वाधिक छिटो अर्धशतक पूरा गर्ने ब्याटर बनेका छन् । योसँगै उनले सन् २०१९ मा ज्ञानेन्द्र मल्लले २० बलमा बनाएको अर्धशतकको कीर्तिमान तोडेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७