फरार अभियुक्त गोरे २७ वर्षपछि पक्राउ


११ आश्विन २०८०, बिहीबार
pakrau
फाइल फोटो

कञ्चनपुर । कञ्चनपुर प्रहरीले काठ चोरी मुद्दामा फरार अभियुक्तलाई बुधबार पक्राउ गरी कारागार चलान गरेको छ । यहाँको कृष्णपुर नगरपालिका–६ का गोरे रोकायालाई २७ वर्षपछि पक्राउ गरी कञ्चनपुर जिल्ला अदालत पेश गरी कारागार चलान गरेको प्रहरीले जनाएको छ ।

जिल्ला अदालतले काठ चोरी मुद्दामा २०५३ साल असारमा एक वर्ष कैद र रु १७ हजार तीन सय ८० जरिवाना तोकेको थियो । मुद्दापछि फार रहेका रोकाया लुकीछिपी बस्दै आएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७