सरकारले ल्याएको विद्यालय शिक्षा विधेयक संघीयता विरोधी छ : सीके राउत


१९ आश्विन २०८०, शुक्रबार
CK Raut
फाइल फोटो

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सरकारले ल्याएको विद्यालय शिक्षा विधेयक संघीयताविरोधी रहेको बताएका छन् ।

आज (शुक्रबार) प्रतिनिधिसभा बैठकमा बोल्दै उनले शिक्षा विधेयकमा उल्लेख गरिएको जिल्ला शिक्षा कार्यालय राख्ने प्रावधान तत्काल हटाउन पनि सरकारसँग माग गरे ।

अध्यक्ष राउतले विधेयकमा कक्षा १० पछिको एक वर्ष अनिवार्य प्राविधिक शिक्षा अध्ययन गर्नुपर्ने व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए । उनले शिक्षा विधेयकमा सरकारले विद्यार्थी र अभिभावकको सरोकारलाई सम्बोधन गर्नुपर्ने पनि बताए । अध्यक्ष राउतले विधेयक संकीर्णवादी सोचका साथ आएको पनि दोहोर्‍याए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७