पार्किङ गरिएको ट्रकको आडमा युवतीमाथि सामुहिक बलात्कार, नाबालकसहित तीन जना पक्राउ


२९ आश्विन २०८०, सोमबार
Rape 2

मोरङ । मोरङको विराटनगरमा एक २० वर्षीया युवतीमाथि सामुहिक बलात्कार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पीडितले दिएको उजुरीका आधारमा बलात्कार घटनामा संलग्न आरोपित तीन जना यातायात मजदूरलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेहरुमा धनुषाको मिथिला विहारी नगरपालिका–११ का ४३ वर्षीय टेकबहादुर तामाङ, २० वर्षीय विनोद चौहान र सिन्धुली घर भएका १६ वर्षीय बालकलाई पक्राउ गरेको हो । तामाङ प्रदेश २४–००१ ख ००२१ नम्बरको ट्रकका चालक र चौहान सहचालक हुन् । १६ वर्षीय बालक अर्को ट्रकका सहचालक हुन् ।

प्रहरीका अनुसार घटना शनिबार राति विराटनगर महानगरपालिका–३ मा भएको हो । आरोपीहरुले सीटी सफारीमा यात्रा गरिरहेकी ती युवतीलाई ललाइफकाइ ट्रक पार्किङ गरिराखेको स्थानमा पुर्‍याइ बलात्कार गरेको प्रहरी अनुसन्धामा खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बलात्कारको क्रममा पीडित युवती चिच्याएपछि उनीहरु भागेका थिए । स्थानीयले खबर गरेपछि पुगेको प्रहरीले उनीहरुलाई घटनास्थलबाटै पक्राउ गरेको हो । अदालतबाट म्याद थप गरेर आरोपीहरुमाथि थप अनुसन्धान गरिने प्रहरीले नजाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७