फिफा विश्वकप : लाओसलाई हराउँदै नेपाल एसिया छनोटको दोस्रो चरणमा


३० आश्विन २०८०, मंगलवार
Nepal vs laos WCQ 1

काठमाडौँ । फिफा विश्वकप छनोट अन्तर्गतको प्रारम्भिक चरणको दोस्रो लेगमा नेपालले लाओसलाई पराजित गरेको छ ।
लाओसको न्यु लाओस इन्टरनेशनल स्टेडियममा भएको खेलमा १–० गोलले लाओस नेपालविरुद्ध पराजित भएको हो । योसँगै नेपाल फिफा विश्वकप २०२६ को एसिया छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ ।

नेपालका लागि ५३ औं मिनेटमा मनिष डाँगीले गोल गरे । उनले अञ्जन विष्टको पासमा गोल गरेका हुन् । यो खेलमा जित निकालेसँगै नेपालले समूह ‘एच’ मा स्थानमा बनाएको छ । समूह ‘एच’ मा युएइ, बहराइन छन् । उनीहरू रहेको समूहमा पहिलो चरणको यमन र श्रीलंकाबीचको विजेता रहने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७