कैलालीमा चरेस र चितुवाको छालासहित प्रहरी हवल्दार पक्राउ


२ कार्तिक २०८०, बिहीबार
Dhangadhi arrested

कञ्चनपुर । कैलालीमा चितुवाको छाला र चरेससहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–४ सहिद गेटनजिक जुमेरा होटलबाट प्रहरी सहायक हवल्दारसहितका उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा बाजुराको गौमुल गाउँपालिका–१ का २६ वर्षीय धनकृष्ण रोकाया, बूढीगंगा नगरपालिका–१० का ३० वर्षीय हेमराज जैसी र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत प्रहरी सहायक हवलदार बैतडीको मेलौली नगरपालिका–३ का २४ वर्षीय करन चन्द छन् ।

उनीहरुलाई बुधबार साँझ विशेष सूचनाका आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली, वडा प्रहरी कार्यालय धनगढी र लागू औषध नियन्त्रण ब्युरो महेन्द्रनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो । उनीहरुको साथबाट ७ फिट ६ इन्च लम्बाइ र १ फिट १० इन्च चौडाइ भएको चितुवाको छाला एकथान तथा ६ किलो ७४० ग्राम लागुऔषध चरेस बरामद गरिएको थियो । उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७