हङकङविरुद्ध टस जितेको नेपालले फिल्डिङ गर्ने


२ कार्तिक २०८०, बिहीबार
F8xv0bvakAAlDrI scaled

काठमाडौं । त्रिदेशीय टी-२० क्रिकेट श्रृंखलाको बिहीबार हुने हङकङविरुद्धको खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएको छ । खेल काठमाडौँको मुलपानी क्रिकेट मैदानमा विहान ११ बजे सुरु हुनेछ ।

जारी श्रृंखलामा नेपालले खेल्न लागेको यो दोस्रो खेल हो । यसअघि बुधबार खेलिएको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई सात विकेटले हराएको थियो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ४० रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १८.५ ओभरमा तीन विकेट गुमाएर एक सय ४४ रन बनाउँदै विजयलक्ष्य पार गरेको थियो । नेपालको जितमा कप्तान रोहित पौडेलले अविजित ५१ र दीपेन्द्रसिंह ऐरीले अविजित ३४ रनको योगदान गरेका थिए । निकट भविष्यमा हुने टी-२० विश्वकप छनोट प्रतियोगिताको तयारीका क्रममा त्रिकोणात्मक शृंखला खेल्न लागिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७