नेपाल प्रहरीको इन्सपेक्टर र असईमा भर्ना खुल्यो (सूचनासहित)


३ कार्तिक २०८०, शुक्रबार
police head

काठमाडौं । नेपाल प्रहरीमा नयाँ भर्ना खुलाइएको छ । प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) पदमा गरी ३५६ जनाका लागि भर्ना खुलेको हो ।

इन्सपेक्टरमा ९६ र असईमा २६० जनाका लागि भर्ना खुलेको हो । प्रहरी प्रधान कार्यालय नक्सालले निकालेको सूचना अनुसार दरखास्त फारम आउँदो मंसिर २९ गतेसम्म तोकिएको छ । प्रहरी निरीक्षक पदको हकमा अनलाइनमार्फत र प्रहरी सहायक निरीक्षक पदको हकमा सार्वजनिक बिदाको दिन बाहेक कार्यालय समयभित्र दरखास्त दिन सकिनेछ ।

प्रहरी निरीक्षक पदका लागि १ हजार २ सय रुपैयाँ राजश्व बुझाउनुपर्ने छ । तर एकभन्दा बढी समूहमा दरखास्त दिँदा प्रत्येक समूहको २० प्रतिशत (२४० रुपैयाँ) थप दस्तुर लाग्ने छ । प्रहरी सहायक निरीक्षक पदमा ५०० रुपैयाँ राजश्व बुझाउनुपर्ने छ । साथै एकभन्दा बढी समूहमा दरखास्त दिँदा प्रत्येक समूहका लागि २० प्रतिशत (१०० रुपैयाँ)को दरले थप दस्तुर लाग्ने सूचनामा उल्लेख छ ।

प्रहरी निरीक्षक पदका लागि २० वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्ने छ भने प्रहरी सहायक निरीक्षक पदका लागि १८ वर्ष पूरा भई २४ वर्ष ननाघेको हुनुपर्ने छ । उक्त प्रहरी निरीक्षक पदमा दरखास्त दिने उम्मेदवार स्नातक उत्तीर्ण हुनुपर्ने र प्रहरी सहायक निरीक्षक पदमा दरखास्त दिने उम्मेदवार प्रमाणपत्र वा सो सरह उत्तीर्ण हुनुपर्ने गरी शैक्षिक योग्यता तोकिएको छ ।


हेर्नुस् सूचना

lk 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७