नेपाली सेनाका अधिकृतलाई पाकिस्तानमा स्वर्ण पदक


५ कार्तिक २०८०, आईतवार
Nepali Army sena 20190129003714

काठमाडौँ । नेपाली सेनाका ‘अफिसर क्याडेट’ श्रीजन बानियाँले पाकिस्तानमा ‘चेयरम्यान जोइन्ट चिफ अफ स्टाफ कमिटी ओभरसी गोल्ड मेडल’ प्राप्त गरेका छन् ।

पाकिस्तान मिलिटरी एकेडेमीमा शनिबार भएको पासिङ आउट समारोहमा उत्कृष्ट विदेशी क्याडेटका रुपमा उनले सो ‘ गोल्ड मेडल’ प्राप्त गरेका हुन् । नेपाली अफिसर क्याडेटलाई पदक प्रदान गर्नु तालिमका क्रममा क्याडेटले देखाएको कडा परिश्रम र समर्पणको प्रमाण भएको सेनाले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७