बेलिङह्यामको गोल वर्षा, रियल विजयी


८ कार्तिक २०८०, बुधबार
jude

ब्रागा । जुड बेलिङह्यामले यो सिजन आफ्नो उत्कृष्ट सुरुवात जारी राख्दा रियल मड्रिडले च्याम्पियन्स लिग आफ्नो शत प्रतिशत नतिजा कायम राखेको छ । मंगलबार भएको खेलमा रियलले स्पोर्टिङ ब्रागालाई २–१ गोलले हराएको हो ।

रोड्रिगोले पहिलो हाफको १६ औं मिनेटमा रियललाई अग्रता दिलाएका थिए । बेलिङह्यामले ६१ औं मिनेटमा टोलीका लागि दोस्रो गोल गरे । योसँगै उनले यो सिजन च्याम्पियन्स लिगका सबै खेलमा गोल गर्न सफल भएका छन् । बेलायती मिडफिल्डरले देश र क्लबका लागि १५ खेलमा १२ गोल गरिसकेका छन् ।

६३ औं मिनेटमा ब्रागाका अल्भारो जालोले गोल फर्काए पनि त्यसपछि कुनै गोल हुन नसक्दा रियल विजयी बन्यो । खेलको अन्त्यतिर भिनिसियस जुनियरको गोल अफसाइड करार गर्दै रद्द गरिएको थियो ।

समूह सीमा ३ खेलपछि ९ अङ्कसहित रियल शीर्ष स्थानमा रहेको छ । नापोली ६ अङ्कसहित दोस्रो स्थानमा छ । मंगलबार नै नापोलीले युनियन बर्लिनलाई १–० ले हरायो । ३ अङ्कसहित स्पोर्टिङ ब्रागा तेस्रो र अङ्कविहीन युनियन बर्लिन चौथो रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७