जनकपुरमा पेस्तोलसहित भारतीय किशोरी पक्राउ


८ कार्तिक २०८०, बुधबार
pestol

जनकपुरधाम । जनकपुरधामस्थित रेल्वे स्टेशन नजिकै रहेको हनुमान मन्दिरबाट पेस्तोलसहित एक भारतीय किशोरी पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा भारतको बिहार राज्यमा पर्ने लकीसराई ग्रामपञ्चायत बडीपोखरी –९ का पप्पु सहनीको १६ वर्षीया छोरी पुजा कुमारी सहनी छन् । उनको साथबाट कटुवा पेस्तोल एक थान, भारतीय कम्पनीको एउटा सिम र केहि नेपाली रुपैयाँ नगद बरामद भएको छ ।

रेल्वे सुरक्षा बेश जनकपुरबाट खटेको सशस्त्र प्रहरीका डिएसपी खड्क बहादुर शाहीको टोलीले विशेष सूचनाको आधारमा चेकजाँच कटुवा पेस्तोल बरामद भएपछि उनलाई नियन्त्रणमा लिएको बताइएको छ । उनी पेस्तोल बोकेर नेपाल किन आएको विषयमा केहि खुल्न सकेको छैन् । अनुसन्धान तथा कारबाहीका लागि उनलाई नेपाल प्रहरीको जिम्मा लगाउने सशस्त्रका डिएसपी शाहीले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७