तास खेलिरहेका आठ जना पक्राउ, डेढ लाख बरामद


८ कार्तिक २०८०, बुधबार
juwa tas
सांकेतिक तस्वीर

काभ्रे । काभ्रेको नमोबुद्धबाट प्रहरीले तास खेलिरहेको अवस्थामा आठ जनालाई पक्राउ गरेको छ । गए राति डेढ बजे नमोबुद्ध नगरपालिका–१० पुरानो गाउँस्थित एक घरबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए । उनीहरुको साथबाट एक लाख ५३ हजार चार सय ७० रुपैयाँ र ६ बुक तास पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७