भारतीय अर्बपति मुकेश अम्बानीलाई ज्यान मार्ने धम्की, को हुन् २० करोड भारु माग्ने ?


११ कार्तिक २०८०, शनिबार
mukesh ambani

नयाँदिल्ली । भारतीय अर्बपति मुकेश अम्बानीलाई ज्यान मार्ने धम्की आएको छ । रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष समेत रहेका मुकेश अम्बानीलाई पैसा माग्दै ज्यान मार्ने धम्की आएको बिबिसीले लेखेको छ ।

मुम्बई पुलिसका अनुसार एक अनजान व्यक्तिले इमेलमार्फत् मुकेश अम्बानीसँग २० करोड भारू मागेका छन् । उक्त पैसा नदिए ज्यान मार्ने धम्की उनलाई दिएका हुन् । ती व्यक्तिले पठाएको इमेलमा भनिएको छ, ’तिमीले हामीलाई २० करोड रूपैयाँ (भारू) नदिए हामी तिम्रो ज्यान लिनेछौं । हामीसँग भारतका एकदमै राम्रा सुटर (गोली हान्ने व्यक्ति) छन् ।’

मुकेश अम्बानीलाई यो धम्की अक्टोबर २७ मा शादाब खान नामको व्यक्तिको इमेलबाट आएको बिबिसीले उल्लेख गरेको छ । मुम्बई पुलिसले गामदेवी थानामा आइपिसी धारा ३८७ र ५९६ (२) अन्तर्गत यो मामिला दर्ता गरेको छ ।

भारतकै धनाढ्य मुकेश अम्बानीलाई ज्यान मार्ने धम्की आएको यो पहिलोपटक होइन । गत वर्ष मुम्बई पुलिसले मुकेश अम्बानी र उनको परिवारलाई पनि धम्की दिने व्यक्तिलाई बिहारबाट पक्राउ गरेको थियो । ती व्यक्तिले मुकेश अम्बानीको घर र रिलायन्स फाउन्डेसन अस्पताललाई बमले उडाउने धम्की दिएका थिए । त्यसअघि सन् २०२१ मा अम्बानीको घरनजिकैबाट विस्फोटक पदार्थले भरिएको एउटा एसयुभी गाडी पनि फेला परेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७