राष्ट्रसंघका महासचिवलाई ओलीले भने–शान्ति प्रक्रिया टुंग्याउन प्रधानमन्त्रीकै कारण असहज भयो


१२ कार्तिक २०८०, आईतवार
kp oli 2

काठमाडौं । नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको शान्ति प्रक्रिया सर्वस्वीकार्य ढंगले निष्कर्षमा पुर्‍याउन सुझाव दिएका छन् । आज (आइतबार) संसद भवनमा प्रमुख प्रतिपक्षीदल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्ताका क्रममा उनले पीडितको अधिकार, अन्तराष्ट्रिय मूल्य मान्यताअनुसार शान्ति प्रक्रिया सर्वस्वीकार्य ढंगले निष्कर्षमा पुर्‍याउन सुझाव दिएका हुन् ।

KB KTM 0U3A2388

अध्यक्ष ओलीसँगको भेटवार्तामा शान्ति प्रक्रियालगायत जलवायु परिवर्तनका विषयमा छलफल भएको एमाले नेता प्रदीप ज्ञवालीले बताएका छन् । नेपालले जलवायु परिवर्तनको पीडालाई नजिकबाट हेरेर आवश्यक मुद्दा बनाउन खोजेको र नेपाल अल्पविकसित मुलुकबाट माथि उठ्नका लागि आफ्नो साथ रहेको गुटेरेसको भनाई उद्धृत गर्दै ज्ञवालीले जानकारी दिए ।

छलफलमा एमाले अध्यक्ष ओलीले संक्रमणकालीन न्यायलाई अन्याय बनाउन नहुने र छिटो टुंग्याउन चाहेको बताए । प्रधानमन्त्री प्रचण्डले हिंसालाई बढावा दिँदा शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन कठिन देखिएको ओलीले बताएको ज्ञवालीको भनाइ छ । अध्यक्ष ओलीले भने संक्रमणकालीन न्याय भनेको संक्रमणकालीन अन्याय हुन नहुने बताए । पीडितहरुलाई ध्यानमा राखेर छिट्टोभन्दा छिटो टुंग्याउनुपर्ने भन्दै उनले भने, ‘तर प्रधानमन्त्रीज्यू, जो हिजो बिद्रोही नेता हुनुहुन्थ्यो, उहाँले नै यो सबै विषय टुंग्याउन भूमिका खेल्नुपर्नेमा हिंसालाई बढवा दिने खालको महिमा मण्डन गर्ने उहाँको क्रियाकलापले असहज जस्तो भएको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७