राष्ट्रसंघका महासचिव गुटेरेस आज न्युयोर्क फर्किदै


१५ कार्तिक २०८०, बुधबार
gu

काठमाडौं । नेपालको चार दिने भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज (बुधबार) न्युयोर्क फर्किदै छन् । नेपालको भ्रमण सिलसिलामा महासचिव गुटेरेस आइतबार बिहान काठमाडौं आइपुगेका थिए । नेपाल भ्रमणमा रहेका उनले मंगलबार संसद्को दुवै सदनलाई संयुक्त रूपमा सम्बोधन गरेका थिए ।

त्यसअघि उनले राष्ट्रपति, प्रधानमन्त्री, प्रमुख प्रतिपक्षी दलका नेतालगायत उच्च राजनीतिक भेटवार्ता गरेका थिए । नेपाल बसाइका क्रममा महासचिव एन्टोनियो गुटेरेसले अन्नपूर्ण आधारसिविर तथा लुम्बिनीको पनि अवलोकन भ्रमण गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७