काठमाडौंका यी स्थानमा भोलि बिजुली नआउने


१७ कार्तिक २०८०, शुक्रबार
bijuli
सांकेतिक तस्वीर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भोलि (शनिबार) काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द हुने जानकारी दिएको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै स्युचाटारदेखि सिंहदरबारसम्मको ६६ केभी लाइन मर्मत गर्नुपर्ने भएकोले भोलि बिहान ७ बजेदेखि ११ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने जानकारी दिएको हो ।

सिंहदरबारस्थित के ३ सबस्टेसनबाट आपूर्ति हुने सिंहदरबार परिसर भित्रका सम्पूर्ण कार्यालयहरू, जिल्ला प्रशासन कार्यालय समेत बबरमहल, पुतलीसडक, बागबजार, कमलादी, हात्तीसार, डिल्लीबजार, असन, महाबौद्ध, जमल, घट्टेकुलो, अनामनगर, ज्ञानेश्वर, नक्साल, सेतोपुल, रातोपुल क्षेत्रमा भोलि बिहान विद्युत् आपूर्ति प्रभावित हुने भएको हो ।

image 21

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७