काठमाडौंको सडकपेटीमा नेपाली सेनाका लेश नायक कार्की मृत फेला


१८ कार्तिक २०८०, शनिबार
death
सांकेतिक तस्वीर

काठमाडौंको । काठमाडौंको कालिमाटीस्थित सोल्टीमोडमा नेपाली सेनाका एक सैनिकको शव भेटिएको छ । आज बिहान सवा ६ बजेको सोल्टिमोड स्थित दरवार बैंकेट अगाडि सडक पेटिमा शव भेटिएको हो ।

काठमाडौंको चन्द्रागिरि नगरपालिका–६ घर भएका नेपाली सेनाका लेश नायक दर्जामा कार्यरत रहेका २६ वर्षीय सुमन कार्कीको शव फेला परेको जिल्ला प्रहरी परिसरका प्रवक्ता कुमोद ढुंगेलले बताए । उनी सडकमा मृत फेला परेका थिए ।

उनको साथबाट नेपाली सेनाको आईडी कार्ड फेला परेको थियो । उनको गणेश दल गण जंगी अड्डा भद्रकालीमा दरवन्दी रहेका थिए । परिसरबाट डीएसपी नरहरी अधिकारीको कमाण्डमा घटनास्थल तथा लास जाँच मुचुल्का कार्य जारी रहेको प्रवक्ता ढुंगेलले बताए । मृत्युको कारण खुलेको छैन । थप अनुसन्धान भइरहेको उनले जानकारी दिए । घटनाको थप अनुसन्धान गर्न घटनास्थलमा नेपाली सेनाको मेजर क्षेत्र जंग हमाल सैनिक प्रहरी, गणेश दल गण जंगि अड्डा भद्रकालीका उपसेनानी, रक्षा कार्की खटिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७