विश्वकप क्रिकेटमा श्रीलङ्का बङ्गलादेशसँग पराजित


२१ कार्तिक २०८०, मंगलवार
srilanka 0euK2tevr6

काठमाडौँ । आईसीसी एक दिवसीय विश्वकप क्रिकेटमा बङ्गलादेशले श्रीलङ्कालाई तीन विकेटले पराजित गरेको छ ।
श्रीलङ्काले दिएको २८० रनको लक्ष्य बङ्गलादेशले ४१ ओभर १ बलमा ७ विकेट गुमाएर पुरा गर्‍यो । त्यसअघि दिल्ली अरुण जेटली स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलङ्का ४९ ओभर ३ बलमा २७९ रन बनाउँदा अलआउट भयो ।

हिजोको खेलमा समयमै ब्याटिङ नगरेपछि श्रीलङ्काका खेलाडी एन्जेलो म्याथुज टाइम आउट भए । यो हारसँगै श्रीलङ्काको सेमिफाइनलको बाँकी आशा सकियो भने शीर्ष ८ मा परेर च्याम्पियन्स ट्रफीमा छनोट हुने आशामा समेत धक्का लागेको छ । आठ खेलमा २ खेल जितेको श्रीलङ्का ४ अङ्कसहित आठौँ स्थानमा छ ।

आठ खेलमा २ वटै खेल जितेको बङ्गलादेश रन रेटका आधारमा सातौँ स्थानमा छ । श्रीलङ्काले विश्व कप २०२३ मा आफ्नो अन्तिम खेल न्युजिल्यान्डसँग खेल्नेछ भने बङ्गलादेशले आफ्नो अन्तिम खेल अस्ट्रेलियासँग खेल्ने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७