अवैध भारतीय रकमसहित एक भारतीय नागरिक पक्राउ


२३ कार्तिक २०८०, बिहीबार
Arrest with IC Nepal 1699496429

झापा । स्रोत नखुलेको (अवैध) भारतीय रकमसहित झापा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । झापाको मेचिनगर नगरपालिका– ६ बाट स्रोत नखुलेको भारतीय रकमसहित एक जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा भारतको ठानाचौक केबुलटोल बस्ने ६२ बर्षीय जैनुल हक छन् । मेचिनगरस्थित भन्सार गेट हुँदै भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको चाडपर्व बिशेष सुरक्षा योजनाअनुसार इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथमा अवैध भारतीय रकम फेला परेको थियो ।

उनको साथबाट भारतीय रुपैयाँ ५०० को नोट ५०० थान, २०० को नोट २०० थान र १०० को नोट ३०० थान गरी ३ लाख २० हजार भारतीय रुपैयाँ बरामद भएको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका उनलाई रकमसहित आवश्यक कारबाहीका लागि लागि राजस्व अनुसन्धान कार्यालय इटहरी, सुनसरीमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७