एन्फाकाे साधारण सभा आज, मुख्य एजेण्डा अध्यक्षको बर्खास्ती


२३ कार्तिक २०८०, बिहीबार
ANFA

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारण सभा मकवानपुरको हेटौँडामा आज (बिहीबार) हुँदैछ । आज हुने विशेष साधारण सभाको मुख्य एजेण्डा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङको बर्खास्तीसँग सम्बन्धी निर्णयको छिनोफानो गर्ने बताइएको छ ।

नेम्वाङ वर्तमान नेतृत्वले काम गर्न नसकेको भन्दै नेम्वाङसहित महासचिव किरण राईलाई एन्फाका बहुमत सदस्यले २०८० भदौमा बर्खास्तीको माग गर्दै निवेदन पेश गरेका थिए । उनीहरुले वर्तमान नेतृत्वप्रति १९ बुँदे आरोपसहित निष्कासनको माग गरेका हुन् । तर, अध्यक्ष नेम्वाङले आफू मात्र बर्खास्तीको प्रस्तावको सामना गर्ने निर्णय सहित विशेष साधारण सभामा उक्त एजेन्डा लगेका हुन् ।

विधान अनुसार महासचिवको नियुक्ति र बर्खास्तीको अधिकार कार्यसमितिलाई दिइएको भन्दै अध्यक्ष नेम्वाङले आफ्नो मात्र एजेण्डा समावेश गरेका हुन् । नेम्वाङको बर्खास्तीको विषयमा २०८० कात्तिक २३ गते आजै विशेष साधारण सभाले मतदान गर्नेछ । एन्फाको कूल १०७ सदस्य (जिल्ला, क्लब, संघ) मध्ये विशेष साधारण सभामा ८७ जनालाई मात्र मताधिकार हुनेछ । एन्फा विधान अनुसार अध्यक्षको बर्खास्तीका लागि दुई तिहाई अर्थात कम्तीमा पनि ५८ मत आवश्यक पर्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७