नेपालले उद्घाटन खेल तान्जानियासँग खेल्ने


२३ कार्तिक २०८०, बिहीबार
mahila cricket1655711090

काठमाडौँ । हङकङमा आयोजना हुने चार देशसम्मिलत महिला टी–२० प्रतियोगिताअन्तर्गतको आफ्नो पहिलो खेल नेपालले तान्जानियासँग खेल्ने भएको छ ।

यही कात्तिक २९ देखि मंसिर ३ गतेसम्म आयोजना हुने प्रतियोगितामा नेपालले तान्जानियासँग यही कात्तिक २९ गते खेल्नेछ । प्रतियोगितामा हङकङसहित नेपाल, तान्जानिया र जापानले प्रतिस्पर्धा गर्नेछन् । नेपालले आफ्नो दोस्रो खेल कात्तिक ३० गते हङकङसँग खेल्नेछ भने तेस्रो खेल मंसिर २ गते जापानसँग खेल्नेछ । त्यस्तै तेस्रो स्थान र फाइनल खेल मंसिर ३ गते हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७