प्रधानमन्त्रीसहित मन्त्रिपरिषदका सबै सदस्यले भूकम्पपीडितलाई एक महिनाको तलब दिने


२३ कार्तिक २०८०, बिहीबार
cabinet meeting z2ikUnOvHj

काठमाडौं । प्रधानमन्त्री र सबै मन्त्रीहरूले एक महिनाको तलब भूकम्पपीडितलाई दिने भएका छन् । आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठक जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब दिने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले बताइन् ।

भूकम्प प्रभावित क्षेत्रमा अहिले विभिन्न क्षेत्रबाट सहयोग रकम संकलन भइरहेको छ । अहिलेसम्म प्रधानमन्त्री राहत कोषमा ६ करोडभन्दा बढी रकम जम्मा भइसकेको छ । यस्तै प्रदेश सरकारहरू र विभिन्न स्थानीय तहहरूले पनि प्रभावित क्षेत्रमा आर्थिक सहयोग गरिरहेका छन् । साथै केही प्रदेशले त्यस क्षेत्रमा चिकित्सक टोली पनि खटाएका छन् ।/0

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७