प्रधानमन्त्री प्रचण्ड विहानै रोल्पामा


२४ कार्तिक २०८०, शुक्रबार
prachanda 5
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जिल्ला अस्पताल र थबाङको मोटरेवल पुल उद्घाटनका लागि रोल्पा जाने क्रममा नेपालगञ्ज विमानस्थलमा । तस्वीर : रुपनी जि एम /रासस

रोल्पा । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड आज (शुक्रबार) विहानै रोल्पा पुगेका छन् । रोल्पामा आयोजना गरिएको कार्यक्रममा सहभागी हुनको लागि उनी आज बिहान काठमाडौंबाट रोल्पा हेलिकप्टरमा पुगेका हुन् ।

प्रधानमन्त्री प्रचण्ड थबाङका स्थानीयबासीसँग भेटघाट गरी गुनासो तथा सुझाव लिने, थवाङ खोलामा निर्मित पक्की पुलको उद्घाटन गर्ने लगायतका कार्यक्रममा सहभागी हुनेछन् ।

प्रधानमन्त्री प्रचण्डले आजै निर्माण सम्पन्न भइसकेको ५० शैयाको रोल्पा अस्पताल भवन उद्घाटन गर्ने कार्यक्रम समेत रहेको छ । दाहालले आजै नेकपा माओवादी केन्द्र रोल्पा जिल्ला समन्वय समिति रोल्पाले खुल्ला मञ्च टुँडिखेलमा आयोजना गरेको जनसभामा सहभागी भई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७