नेपाल प्रहरी श्रीमती संघले गर्‍यो भूकम्पपीडितलाई पाँच लाख ५५ हजार सहयोग


२८ कार्तिक २०८०, मंगलवार
sangha

काठमाडौं । नेपाल प्रहरी श्रीमती संघले भूकम्प पीडितको सहयोगार्थ पाँच लाख ५५ हजार ५५५ रूपैयाँको चेक हस्तान्तरण गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले संघको तर्फबाट चेक हस्तान्तरण गरिन् ।

चेक हस्तान्तरणको अवसरमा संघका अन्य पदाधिकारीको समेत उपस्थिति थियो । जाजरकोट, रुकुम पश्चिम लगायतका जिल्लाका भूकम्प प्रभावितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषको लागि चेक हस्तान्तरण गरिएको संघले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७