अहिले जसलाई देख्यो उसैको नाममा चोक, गल्ली र बाटोको नाम राख्ने चलन बढ्यो : रवि लामिछाने

‘इतिहासको सम्मान गर्न नसक्ने राष्ट्र र समाजको भविष्य उज्यालो हुन सक्दैन’


२८ कार्तिक २०८०, मंगलवार
rabi 1 scaled

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इतिहासको सम्मान गर्न नसक राष्ट्र र समाजको भविष्य उज्यालो हुन नसक्ने बताएका छन् ।

मंगलवार भक्तपुरमा नेपाल संवत ११४४ र नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा माल्यार्पण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले इतिहासलाई जोगाउन अति आवश्यक भइसकेको बताए । इतिहास जस्तो भए पनि आफ्नै मूल्य र मान्यता हुने भन्दै इतिहासको सम्मान गर्न सक्नुपर्ने उनको भनाइ छ । उनले ठाउँका नामहरु मौलिक रुपमा राख्नुपर्नेमा बाटो, गल्लीका नामहरु पहुँचवाला व्यक्तिको नाममा राख्ने परम्परा विकसित हुँदै जानुले ऐतिहासिक धरोहर, मूल्य मान्यता मेटिँदै गइरहेको बताए ।

उनले भने, ‘यहाँ एपका माध्यमबाट समय सापेक्ष रुपमा हरेक कुराको जानकारी दिने शुरुवात गर्नु भएको छ । यो अत्यन्त समयसापेक्ष छ । ठाउँका नामहरु मौलिक रुपमा राख्ने जुन एउटा शुरुवात गर्नु भएको छ । आजभोलि के भएको छ भने जसलाई देख्यो उसैका नाममा चोक, उसैका नाममा बाटो, गल्ली भएका कारणले हाम्रो ऐतिहासिक धरोहर, मूल्य मान्यता शक्तिशाली मानिसको हातमा परेको छ । इतिहासलाई जोगाउन पर्छ । इतिहास जस्तो भए पनि आफ्नै मूल्य हुन्छ, इतिहासको सम्मान गर्न नसक्ने राष्ट्र, समाजको भविष्य उज्यालो हुन सक्दैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७