मन्त्री किरातीको गुनासो : आफू राम्रो बनेर अरूलाई खोट लगाउने संस्कृति विकसित हुँदैछ

‘नेपाली जात्राहरूलाई विश्वस्तरमा चिनाउनु पर्छ’


२८ कार्तिक २०८०, मंगलवार
sudan scaled

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाली जात्राहरूलाई विश्वस्तरमा चिनाउन सक्नुपर्ने बताएका छन् ।

आज मङ्गलवार भक्तपुरमा नेपाल संवत ११४४ र नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा माल्यार्पण कार्यक्रममा मन्त्री किरातीले नेपालमा हुने जात्राहरूलाई महोत्सवको रूपमा सञ्चलन गरी विश्वबाट पर्यटक तान्नु पर्ने बताए । उनले नेपाली पर्यटन प्रकृति र संस्कृतिको समायोजनबाट स्थानीय स्वाद र स्वामित्वसहितको हुनुपर्ने बताए ।

उनले भने, ‘नेपालमा हजारौं जात्रा हुन्छन्, ती जात्राहरूलाई हामीले विश्वस्तरमा पुर्‍याउन सक्नुपर्छ । हामीले त्यस्ता जात्रालाई महोत्सवका रूपमा सञ्चालन गर्नुपर्छ । नेपाली पर्यटन प्रकृति र संस्कृतिको समायोजनबाट स्थानीय स्वाद र स्वामित्वसहितको हुनुपर्छ ।’ मन्त्री किरातीले आफू राम्रो बनेर अरूलाई खोट लगाउने संस्कृति विकसित हुँदै गएकोमा दुःख व्यक्त गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७