महिला टी–२० क्रिकेट शृंखला : नेपाल आज जापानसँग भिड्दै


२ मंसिर २०८०, शनिबार
cricket 1

काठमाडौँ । चार देशीय महिला टी–२० क्रिकेट शृङ्खला (सिरिज) मा नेपाल आज (शनिबार) जापानसँग भिड्दै छ । हङकङमा खेल नेपाली समय अनुसार बिहान सवा ७ बजे शुरु हुनेछ ।

नेपालले समूह चरणको आफ्नो तेस्रो तथा अन्तिम खेल खेल्न लागेको हो । पहिलो खेलमा तान्जानियासँग २७ रनले र दोस्रो खेलमा हङकङसँग ९ विकेटले पराजित नेपालको फाइनल खेल्ने सम्भावना यसअघि नै सकिएको छ । भोलि नेपालले तेस्रो स्थानको लागि जापानसँग नै खेल्नेछ । हङकङले आयोजना गरेको श्रृङ्खलामा घरेलु टोलीसहित नेपाल, जापान र तान्जानिया सहभागी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७