इजरायली सेनाको कब्जामा गाजा अस्पताल, २४ बढी बिरामीको मृत्यु


२ मंसिर २०८०, शनिबार
israel hospital2023 11 18 08 11 27

गाजा । गाजाको अल शिफा अस्पतालमा विगत दुई दिनमा २४ भन्दा बढी बिरामीको मृत्यु भएको छ । इजरायली सेनाले सो अस्पतालमा छापा मार्ने क्रम जारी रहेको बखतमा २४ भन्दा बढी बिरामीको मृत्यु भएको अस्पतालका अधिकारी र गाजामा प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । इन्धन अभावका कारण शनिबारदेखि सेवा अवरुद्ध भएको अस्पतालमा विगत ४८ घण्टामा २४ जना बिरामीको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल कुद्राले शुक्रबार भने, ‘विद्युत अवरुद्धका कारण अत्यावश्यक चिकित्सा उपकरणहरूले काम गर्न छाडेको कारण पछिल्लो ४८ घण्टामा विभिन्न विभागमा २४ जना बिरामीको मृत्यु भएको छ ।’ अल शिफा अस्पतालका निर्देशक मुहम्मद अबू सल्मियाले अल जजीरालाई भने कि रातभर मात्रै २२ बिरामीको मृत्यु भएको थियो ।

स्वास्थ्य सुविधा उत्तरी गाजामा इजरायलको भू आक्रमणको केन्द्रबिन्दु बनेको छ, त्यहाँ आश्रय खोज्ने सयौं बिरामी र हजारौं नागरिकहरूको भाग्यको बारेमा बढ्दो अन्तर्राष्ट्रिय चेतावनीको बीचमा बुधबारदेखि इजरायली विशेष सुरक्षाा बलहरूले अस्पतालमा सर्च अभियान चलाएका छन् । इजरायलले हमासका लडाकुहरूले अस्पताल मुनि रहेको सुरुङमा हमला गर्न प्रयोग गरिरहेको आरोप लगाएको छ । हमास र अस्पतालका अधिकारीहरूले बारम्बार दावीहरूलाई अस्वीकार गर्दै आएका छन् ।

इजरायलले आफ्नो सेनाले दुई दिनसम्म परिसरको खोजी पछि ठूलो संख्यामा हतियारसहितको एउटा गाडी र हमासको टनेल शाफ्ट भनिने भूमिगत संरचना फेला पारेको बताएको छ । इजरायली सेनाले यो पनि भनेको छ कि उसले अस्पतालको मैदान नजिकै भवनमा दुई बन्धकको शव फेला पारेको छ । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले भने कि छापा मारेर अस्पतालमा चिकित्सा सेवाहरू ध्वस्त भएको छ, जहाँ संयुक्त राष्ट्रसंघले अनुमान गरेको छ कि २३०० बिरामी, कर्मचारी र विस्थापित प्यालेस्टाइनीहरूले इजरायली सेनाहरू भित्र पस्नु अघि आश्रय लिइरहेका थिए ।

अल शिफाका कर्मचारीहरूले शुक्रबार अस्पतालमा एक समय पूर्व शिशुको मृत्यु भएको बताए, इजरायली सेना प्रवेश गरेपछि दुई दिनमा त्यहाँ मर्ने पहिलो बच्चा हो । अस्पताललाई इजरायली सेनाले घेरेको बेला अघिल्लो दिनमा तीन जनाको मृत्यु भएको थियो ।

अल शिफा अस्पतालका निर्देशक मुहम्मद अबू सल्मियाले अल जजीरालाई भने कि मेडिकल परिसर ‘ठूलो जेलू र भित्रका सबैका लागि सामूहिक चिहान’ भएको छ । ‘अब हामीसँग केही पनि बाँकी छैन्, न शक्ति, न खाना, न पानी । प्रत्येक बितेको मिनेटसँग, हामी एक जीवन गुमाउदैछौं । रातारात हामीले २२ जना गुमायौं रे विगत तीन दिनदेखि अस्पताललाई घेराबन्दीमा राखिएको छ,’ सल्मियाले भने। एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७