ट्रकको ठक्करले ठक्कर दिंदा डोटीकी ‘कटी फूपु’ को मृत्यु


२ मंसिर २०८०, शनिबार
401725462 6791100987663521 246642690688602513 n 768x484 1

धनगढी । कैलालीको अत्तरियामा ट्रकले ठक्कर दिँदा एक वृद्धाको मृत्यु भएको छ । शुक्रबार साँझ धनगढीबाट अत्तरियातर्फ आइरहेको मप्र ०३०१ ख ९६५० ट्रकको ठक्करबाट डोटीको शिखर नगरपालिका–२ बस्ने ६० वर्षीय भगवती रोस्याराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी रोस्याराको उपचारका क्रममा राति सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । उनी डोटीमा ‘कटी फूपु’ को नामले परिचित थिइन् । रोस्याराको मृत्युपछि उनका शुभेच्छुकहरूले सामाजिक सञ्जालमा श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।

ट्रक र चालक डडेल्धुराको अजयमेरू गाउँपालिका–१ का ३४ वर्षीय नरेश भण्डारीलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ । मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७