किशोरीको हत्या आरोपमा सौतेनी आमा, मामा र मावली दाजु पक्राउ


२ मंसिर २०८०, शनिबार
pakrau
सांकेतिक तस्वीर

सर्लाही । सर्लाहीमा एक किशोरीको हत्या आरोपमा प्रहरीले तीन जना पक्राउ गरेको छ । हरिवन नगरपालिका–११, बालगंगाकी १७ वर्षीया तबसुन खातुनको हत्या आरोपमा शुक्रबार राति प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा मृतककी सौतेनी आमा ४५ वर्षीया सकिना खातुन, मृतकका मामा ५५ वर्षीय शेख जिलानी र शेख जिलानीका छोरा २४ वर्षीय शेख असजद रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

गएको कात्तिक २६ गते परिवारका सदस्य मिलेर तबसुनको हत्या गरेको र शवलाई बालगंगास्थित चिहानमा गाडेको भन्ने सूचना प्रहरीले पाएको थियो । त्यसपछि घटना अनुसन्धानका निम्ति इलाका प्रहरी कार्यालय हरिवनबाट टोली खटिएको थियो । सोही प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७