पूर्व राजालाई महेश बस्नेतको प्रश्न : निर्मल निवासमा बस्न मन छ कि छैन ?

‘गणतन्त्रमाथि आक्रमण हुँदा सबैभन्दा पहिला एमाले आक्रामक हुन्छ’


७ मंसिर २०८०, बिहीबार
mahesh basne

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेता महेश बस्नेतले निर्मलनिवासमा पनि बस्न मन नभए मात्रै पूर्वराजा ज्ञानेन्द्र शाहले दुर्गा प्रसाईंको पछि लाग्नुपर्ने टिप्पणी गरेका छन् । काठमाडौंको तीनकुनेमा आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै बस्नेतले यस्तो बताएका हुन् ।

yuwa 2 1

‘ज्ञानेन्द्र तिमीलाई निर्मलनिवासमा बस्न मन छ कि छैन,’ बस्नेतले भने, ‘छैन भने दुर्गाको पछि लाग । हामी सबै धर्मावलम्बीहरूको सम्मान गर्छौं ।’ नेता बस्नेतले कथित राजतन्त्रवादीहरु गणतन्त्र ढाल्ने हल्ला गरेको र दुर्गा प्रसाईजस्ता मान्छेलाई अघि सारेर अनावश्यक बहस सिर्जना गर्न खाजेको उनको भनाइ छ । नेता महेश बस्नेतले आफूहरुको आन्दोलन परिवर्तनको रक्षाका लागि भएको बताएका छन् । बस्नेतले अहिले विभिन्न आन्दोलनबाट प्राप्त परिवर्तनमाथि चुनौति खडा गर्ने प्रयास प्रतिगामी तत्वबाट हुन खोजेको भन्दै त्यसकोविरुद्ध आफूहरुको आन्दोलन केन्द्रित रहेको बताएका हुन् ।

yuwa 1

उनले गणतन्त्रको विकल्प पुरानो व्यवस्था हुन नसक्ने स्पष्ट पारे । कथित राजतन्त्रवादीहरु गणतन्त्र ढाल्ने हल्ला गरेको र दुर्गा प्रसाई जस्ता मान्छेलाई अघि सारेर अनावश्यक बहस सिर्जना गर्न खाजेको उनको भनाइ छ । त्यस्तै बस्नेतले राजनीतिक आग्रहका आधारमा सरकारले काम गर्न खोज्दा भ्रष्टाचार अन्त्य हुन नसकेको र सुशासन कायम हुन नसकेको बताए । उनले अहिलेको व्यवस्थामा देखिएका कमी कमजोरीलाई सुधार गर्दै बलियो बनाउदै अघि बढ्नुपर्ने धारणा राखे । गणतान्त्रिक व्यवस्थामाथि आक्रमण हुँदा सबैभन्दा पहिला एमाले आक्रामक हुने उनको दाबी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७