यो गठनबन्धनको छेस्काले अड्याएको सरकार हो, आफै ढल्छ : अध्यक्ष ओली

‘सेना र कर्मचारीलाई तलब खुवाउन सरकारले आन्तरिक ऋण उठाउनु परेको छ’


१५ मंसिर २०८०, शुक्रबार
kp oli

डडेल्धुरा । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार कुनै पनि बेला आफै ढल्ने बताएका छन् । ‘समृद्विका लागि संकल्प यात्रा’ का क्रममा डडेल्धुरा पुगेका अध्यक्ष ओलीले डडेल्धुरामा आयोजित आमसभामा वर्तमान सरकार गठबन्धनको छेस्काले अड्किएको भएकाले कुनै पनि बेला आफै ढल्न सक्ने बताएका हुन् ।

kp

‘यो सरकार आफैं ढल्न पनि सक्छ कुनै समय । यो गठबन्धनको छेस्का अड्याएको सरकार हो,’ ओलीले भने । गठबन्धन सरकारको कुनै सिद्धान्त, नीति, योजना र कार्यक्रम नभएको टिप्पणी गरे । अर्को प्रसङ्गमा ओलीले कांग्रेस प्रचण्ड पथको भरिया बनेको आरोप समेत लगाए । नेपाली जनताका बीचमा द्वन्द्व मच्याउन खोज्नेहरुले सक्रिय भएर आतंककारी गतिविधि गरिरहेको ओलीले बताए ।

‘सेना र कर्मचारीलाई तलब खुवाउन सरकारले आन्तरिक ऋण उठाउनु परेको छ’

अध्यक्ष ओली सेना कर्मचारीलाई तलब खुवाउन सरकार आन्तरिक ऋण उठाईरहेको जनाएका छन् । सरकारले अर्थतन्त्र उकास्न कुनै काम नगरेको आरोप लगाउँदै निमार्ण ब्यावसायीलाई पैसा नदिएर सरकारले हैरान बनाएको पनि आरोप लगाएका छन ।

‘सत्तासिन गठबन्धनका नेताहरु सरकार कसरी जोगाउने ? मन्त्री कसरी हुने ? कसले बढी कमाउने ? कसले आफान्त बढी पोस्ने ? मा लागेको छ,’ ओलीले भने, ‘सरकार सेना र कर्मचारीलाई तलबभत्ता खुवाउन नसकेर आन्तरिक ऋण खोजेर खुवाउन थालेको छ ।’ उनले परिवर्तन उल्टाउनका लागि बिभिन्न कार्यक्रम र गतिबिधि गर्दा पनि सरकार मुकदर्शक भएको आरोप पनि लगाएका छन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७