‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा ‘राजाको हात’ बाट बत्ती बालेर गणतन्त्र फाल्छौं’


१७ मंसिर २०८०, आईतवार
durga prasai 2
फाइल फोटो

काठमाडौं । व्यवस्था उल्ट्याउने भन्दै आन्दोलन घोषणा गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईले यही मंसिर ३० गतेभित्र नागरिक सरकार घोषणा गरी गाउँदेखि केन्द्रसम्म समानान्तर सत्ताको अभ्यास थाल्ने बताएका छन् ।

आज (आइतबार) पत्रकार सम्मेलन गरी अबको आन्दोलन विकेन्द्रित हुने भन्दै प्रसाईले फागुन १ गतेबाट व्यवस्था परिवर्तनको आन्दोलन निर्णायक बनाउने बताए दावी गरे । उनले फागुन १ गते वसन्तपुरमा दियो बालेर वैदिक सनातन धर्म सापेक्ष राष्ट्र घोषणा गर्ने बताए ।

नागरिक सरकारमा राष्ट्रवादी शक्तिहरु, युटुबर भनेर हेपिएका मूलधारबाहिरका सञ्चारकर्मीहरुलाई समेत समेटिने प्रसाईले बताए । प्रसाईले भने, ‘झापामा राजाले मेचीमा बालेको दियो फागुन १ गते वसन्तपुरमा राजाकै हातबाट बालेर वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्छौ । अब यो व्यवस्था परिवर्तन हुन्छ ।’

प्रसाईले आफ्नो पहिलो चरणको आन्दोलनको उपलब्धि सुनाउँदै यो चरणमा युवा संघको दादागिरी पराजित गर्न सकिएको दाबी गरे । उनले आफ्नो कारण तरुण दल र वाइसिएल जस्ता अरु दलका युवाले राहत महसुस गरेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७